भरतपुरमा कुनै पनि हालतमा गठबन्धन नमान्ने कांग्रेस वडा सभापतिहरुको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको भरतपुर महानगरपालिकाका वडा सभापतिहरु चुनावी गठबन्धनको विपक्षीमा उभिएका छन् । उनीहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् ।

जिल्ला पार्टी कार्यालय भरतपुरमा उपलब्ध २७ जना वडासभापतिको बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा पार्टीकै उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ । यदि कुनै पदमा तालमेल गरी अरु दललाई दिएमा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी पनि उनीहरुले दिएका छन् ।

‘नेपाली कांग्रेसको केन्द्र, जिल्ला तथा महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि हामी वडा सभापतिहरु कुनै पनि गठबन्धन नगर्ने निर्णय गर्दछौं’ उनीहरुको निर्णयमा भनिएको छ ।

बैठकको अर्को निर्णयमा भनिएको छ, ‘‍‘मेयर, उपमयेरसहित सबै वडाहरुमा नेपाली कांग्रेसको अध्यक्षसहित ५ जनानै उम्मेदवार उठाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गरियो ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार