भारतमा फैलिएको नयाँ कोरोनाको लहर डरलाग्दो हिसाबले फरक

यही अप्रिलमा नयाँ दिल्लीको केन्द्रमा रहेको सर गंगाराम अस्पतालमा खोप लगाएका ३७ चिकित्सकलाई पुनः कोभिड–१९ संक्रमण भयो । यीमध्ये अधिकांश चिकित्सकमा सामान्य लक्षण देखिएको थियो तर यो घटनाले भारतमा दोस्रो लहर ल्याउन जिम्मेवार भाइरस फरक छ भन्ने आशंकालाई पुष्टि ग-यो ।

प्रतिरक्षा प्रणालीलाई समेत छक्याइरहेको भाइरसको यही प्रजातिले भारतमा महामारी तीव्र बनाएको चिकित्सकको तर्क रह्यो । तर हालसम्म देखिएका प्रमाण निर्णायक छैनन् र अनुसन्धानकर्ताले अन्य कारण पनि यो महामारीका लागि जिम्मेवार हुन सक्ने बताएका छन् । महामारीले नयाँ दिल्लीको स्वास्थ्यसेवा प्रणाली तहसनहस पारेको छ भने शवदाहगृहमा लगातार चाप बढ्दो छ । यसो हुँदाहुँदै पनि यही भेरियन्टले महामारी नियन्त्रणलाई जटिल बनाइदिएको छ ।

‘कोभिड–१९ को यो लहरमा भाइरसको फरक क्लिनिकल व्यवहार देखिएको छ,’ सर गंगाराम अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. संजय साद भन्छन् । उक्त अस्पतालमा कार्यरत २ जना संक्रमित चिकित्सकलाई निको पार्न अतिरिक्त अक्सिजन दिनुपरेको थियो । ‘पछिल्लो महामारीले युवालाई असर गरेको छ, पूरै परिवारलाई असर गरेको छ । यो समग्रमा नौलो कुरा हो । यहाँसम्म कि २ महिनाका बालबालिकामा पनि संक्रमण देखिएको छ,’ डा. साद भन्छन् ।

भारतमा महामारी झन् उग्र हुँदैछ । बिहीबारमात्रै ३६ सयको मृत्यु भएको छ । भारतमा कुल मृतकको संख्या २ लाख नाघेको छ । विज्ञले मृतकको संख्या अझ बढी हुनसक्ने बताउँदै आएका छन् । भारतमा दैनिक संक्रमण ३ लाख ८० हजार नाघेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार