भरतपुरको मुख्य निर्वाचन अधिकृतबाट रावल हटाइए, अधिकारीलाई जिम्मेवारी

भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्‍यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ । स्थानीय तहको निर्वाचन आउन ३१ दिन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत रावललाई हटाइएको हो ।

अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुन् । उनीभन्दा अगाडि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला न्‍यायाधीश छन् । निर्वाचन आयोगले सोमबार एक सूचना जारी गर्दै भरतपुर महानगरको मुख्य निर्वाचन अधिकृत रावलको ठाउँमा अधिकारीलाई तोकिएको जनाएको छ ।

आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले एक सूचनामार्फत जानकारी दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार