अभिनेत्री बसुन्धरा भुसालद्धारा चलचित्रकर्मी कल्याकारी कोषलाई रकम हस्तान्तरण

अभिनेत्री बसुन्धरा भुसालले बुधवार चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई ३ लाख बिस हजार रकम हस्तानतरण गरेकी छन् । उनले अमेरिकामा रहेका कलाकार तथा चलचित्रकर्मी र नेपालीहरुसँग सहयोग संकलन गरेर उक्त रकम बोर्डलाई हस्तान्तरण गरेकी हुन् ।

आफ्नो व्यक्तिगत घुमघामका लागि ६ महिना अघि अमेरिका पुगेकी अभिनेत्री भुसालले संस्थाको वृद्धि विकास र चलचित्रकर्मीको सेवा सुरक्षाका लागि भएर उक्त रकम सङ्कलन गरेकी हुन् । उनी चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक समेत हुन् ।

उनको अभियानमा अमेरिका बाल्टिमोरमावासी बरिष्ठ लोक गायक प्रेम राजा महतबाट १ लाख तीन हजार दुई सय, कलाकार पुजा आर लामा र राजु लामाबाट २४ हजार एक सय बिस, कलाकार साराङ्गा श्रेष्ठबाट २४ हजार एक सय बिस, कलाकार सबिता अधिकारीबाट १२ हजार छ सय, दिव्य चन्दबाट १२ हजार एक सय बिस, कलाकार अरुणिमा लमसालबाट १२ हजार एक सय बिस, कलाकार दिलिप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार एक सय बिस, कलाकार रञ्जना शर्माबाट १२ हजार एक सय बिस, कलाकार मुकेश आचार्यबाट १२ हजार एक सय बिस, सुरेश श्रेष्ठबाट १२ हजार एक सय बिस, कलाकार राधा शर्मा ९भाव०बाट ६ हजार एक सय बिस, भेष पोखरेलबाट ६ हजार एक सय बिस, अमेरिका न्युजर्सिवासी प्रकाश शर्मा र करुणा शर्माबाट २४ हजार एक सय बिस, अमेरिका बोस्टनवासी संचिता थापाबाट २४ हजार एक सय बिस, सदिक्षा अधिकारीबाट ७ हजार दुई सय, अमेरिका न्युयोर्कवासी डाक्टर रबिन राईबाट १२ हजार एक सय बिस गरि ३ लाख १६ हजार पाँच सय ६० रुपैयाँ सहयोग संकलन भएको थियो ।

यसमा नपुग केही रकम बसुन्धरा भुसाल र चेत नारायण भुसाल परिवारले थपेका छन् । यस्तै नायक पल शाहले पनि १ लाख एक सय एक रुपैयाँ घोषणा गरेका छन् । कोरोनाको समयमा निकै मेहनतका साथ बसुन्धारा भुसालले धेरै रकम संकलन गरेको अमेरिकावासी कलाकारहरुले बताएका छन् । उनको यो समर्पण प्रति सम्पूर्ण अमेरिकावासी चलचित्रकर्मी नतमस्तक रहेको समेत अभिनेत्री पुजा चन्द लामाले बताएकी छन् । गत अप्रिल ३ तारिक पुजा चन्दले आफ्नै घरमा सबैलाई जमघट गर्दा सहयोग अपिल गरिएको थियो । जसका लागि प्रकाश शर्मा र गायक राजु लामाले सहयोग गरेका थिए ।

स्थापनाकालदेखि नै संयोजक रहेकी उनले कोषको लागि हर समय सहयोग खोज्न आफुलाई व्यस्त बनाउने गरेकी छन् । राष्ट्रिय कार्यक्रमदेखि अन्तर्राष्ट्रिय कार्यक्रमसम्म भुसालले कोषको लागि सहयोग जुटाउँदै आएकी छन् । हाल कोषमा चार करोड बढि रकम जम्मा भएको छ । यसमा सबैभन्दा बढि भुमिका अभिनेत्री भुसालकै रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार