भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिन देउवा तयार

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय चुनावमा भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार भएका छन् ।पार्टीका स्थानीय नेता–कार्यकर्ताको तीव्र दबाबका बाबजुद पनि देउवा महानगरपालिकाको प्रमुख माओवादीलाई छोड्न तयार भएका हुन् ।माओवादी अध्यक्ष पुष्पकमल दाहालले छोरी रेनुलाई मेयर बनाउने प्रस्ताव देउवासँग राखेपछि गठबन्धन जोगाउनका लागि देउवाले भरतपुर छाड्ने मनस्थितीमा पुगेका हुन् ।

पार्टीका स्थानीयस्तरका नेतारकार्यकर्ताले भने महानगरको नेतृत्व कांग्रेसले नलिए विद्रोह गर्ने चेतावनी दिएका छन् । कांग्रेस स्थानीय नेताहरुका अनुसार आलोपालो गर्नुपर्ने गठबन्धनको चरित्र र राजनीतिक शक्तिका आधारमा पनि यसपटक कांग्रेसले मेयर पाउनुपर्ने बताएका छन् ।

चैत १५ मा चितवन कांग्रेसले सर्वसम्मतिबाट मेयर पाउनुपर्ने निर्णय गरेको थियो । जिल्लाले गरेको निर्णय कार्यान्वयन गर्न दबाब दिँदै चितवनका कांग्रेस नेताहरूले प्रधानमन्त्री देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छुट्टाछुट्टै भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार