नयाँ वर्षमा नेपाल टेलिकमको अफर : ९८ रुपैयाँमा ६ जीबी डाटा

नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा विभिन्न अफरहरू सार्वजनिक गरेको छ । अफरहरु चैत २९ (आज) देखि वैशाख ३ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ ।

आफ्ना ग्राहकहरूको माग र सहजतालाई मध्यनजर गर्दै टेलिकमले विभिन्न प्याकेजहरू ल्याएको हो । जसअनुसार २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा ४९ मा उपलब्ध हुनेछ ।

यस्तै, तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा ९८ मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । साथै, २०० देखि ४९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५०० तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि निस्शुल्क पाइने टेलिकमले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार