पाँच दलीय गठबन्धनले तालमेलको मोडालिटी आज टुंग्याउने

सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी आज टुंगो लगाउने भएको छ।  आज अरान्ह् ४ बजे बस्ने सत्ता गठबन्धनको उच्चस्तरीय बैठकबाट मोडालिटीको विषय टुङगोमा पुर्याउने सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन गठबन्धनमा आबद्ध नेताहरुले अपील गर्दै आएका छन् । यसअघि पनि गठबन्धनको मोडालिटीबारे विभिन्न प्रस्तावमाथि छलफल हुँदै आएको छ । तर, नेताहरुबीच सहमति भने जुट्न सकिरहेको छैन । उक्त विषय टुंग्याउन आज बैठक बस्न लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार