शुक्रबार थप ५ हजार ७२७ जनामा कोरोना पुष्टि, ३३ जनाको मृत्यु

९२८ संक्रमित निको भए

नेपालमा शुक्रबार थप ५ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालहरुमा गरिएको परिक्षणमा ५ हजार ७२७ जनामा कोरोना देखिएको हो ।

मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर परीक्षणमा ५ हजार ६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षण गर्दा ७० जनामा कोरोना देखिएको हो । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ रहेको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ ।

त्यस्तै थप ९२८ संक्रमित निको भएका छन् भने नेपालमा हालसम्म दुई लाख ८१ हजार ९५ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ३८ हजार ८१३ सक्रिय संक्रमित रहेका छन् भने ५५ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २४ लाख ७३ हजार ९५६ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार