रोमामाथि म्यान्चेष्टर युनाइटेडको फराकिलो जित

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको सेमिफाइनलको पहिलो लेगमा इटालियन क्लब रोमामाथि सानदार जित निकालेको छ । युनाइटेडले रोमामाथि ६–२ को फराकिलो जित निकालेको हो । युनाइटेडको जितमा ब्रुनो फर्नान्डिस र एडिन्सन कभानीले सामान दुई दुई गोल गर्दा पल पोग्वा र मासन ग्रीनवुडले समान एक गोल गरे ।

ब्रुनो फर्नान्डिसले खेल सुरु भएको ९ औं मिनेटमा पहिलो गोल गर्दै युनाइटेडलाई १–० को महत्वपूर्ण अग्रता दिलाए । तर पाउल पोग्बाले हयाण्डबल गरेपछि रोमाले पाएको पेनाल्टीको अबसरलाई लोरेन्जो पेलेग्रिनीले गोलको दिशा दिँदै खेल १–१ को बराबरीमा ल्याए । १५ औं मिनेटमा १–१ को बराबरी गरेको रोमाले ३३ औं मिनेटमा म्यान्चेष्टर सिटीका पूर्व स्ट्राइकर एडिन जेकोको गोलबाट अग्रता लियो । पहिलो हाफ २–१ ले पछाडि परेको युनाइटेडले दोस्रो हाफमा लगालग पाँच गोल गर्दै खेल ६–२ ले आफ्नो पक्षमा पार्यो ।

युनाइटेडका लागि एडिन्सन कभानीले ४८ औं र ६४ औं मिनेटमा गोल थप्दा ब्रुनो फर्नान्डिसले ७१ औं मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दा खेल ४–२ को स्थितिमा आयो । पाउल पोग्बाले ७५ औं मिनेटमा र ग्रीनऊडले ८६ औं मिनेटमा गोल युनाइटेडलाई ६–२ को सानदार जित दिलाए । दोस्रो लेगको खेल रोमाको मैदानमा ७ मेमा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार