तोलाको ९ सय रुपैयाँले घट्यो सुनको मूल्य

नेपाली बजारमा शुक्रबार सुनको मूल्य ९ सय रूपैयाँले घटेको छ । बिहीबार प्रतितोला ९० हजार ८ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलाको ९ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८९ हजार ९ सय रूपैयाँ तोकिएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ४५० रूपैयाँ तोकिएको महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य २० रूपैयाँले घटेर १ हजार २९५ मा झरेको महासंघले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार