कोरोना संकटमा गुनासा सुन्न संयन्त्र बनाइयो

कोरोना संकटमा जनताका गुनासा सुन्न संयन्त्र निर्माण गरिएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी)ले सर्वसाधारण नागरिकका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्ने गरी संयन्त्र निर्माण गरेको छ ।

उपप्रधानमन्त्री एवं सीसीएमसीका संयोजक ईश्वर पोखरेलको निर्देशनमा नागरिकका गुनासा, उजुरी तथा सुझावको तत्काल कार्यान्वयन गर्न संयन्त्र निर्माण गरेको उपप्रधानमन्त्रीका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए । कुनै पनि समस्या भएमा सीसीएमसीको टोल फ्री नम्बर ११४० मा सम्पर्क गर्न आग्रह गरिएको छ । उक्त टोल फ्री नम्बरबाट २४ सै घण्टा सेवा प्रवाह हुनेछ ।

शव व्योस्थापनका लागि १०५, एम्बुलेन्सका लागि १०२ मा सम्पर्क गर्न तोकिएको छ । विदेश जाने र विदेशबाट आउनेले सीसीएमसीको वेबसाइट https://ccmc.gov.np/ मा रहेको फारम भर्न आग्रह गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार