ट्युमरको शल्यक्रियाका लागि अस्पताल भर्ना भए पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई न्युरो–इन्डोक्राइनको ट्युमरको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका छन् । डा.भट्टराई शल्यक्रियाका लागि काठमाडौंस्थित वीर अस्पतालमा बिहीबार भर्ना भएका हुन् । उनको शल्यक्रिया डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया वैशाख १७ गते हुँदैछ ।
बिहीवार दिउँसो डा. भट्टराई अस्पताल भर्ना भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।उनले केही हप्ता सार्वजनिक जीवनबाट टाढा रहँदा कोरोना महामारीको दोस्रो लहरसँग जुध्न र राजनीतिक गतिरोध अन्त्य गर्न सफल रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा भट्टराईको स्वास्थ्य परीक्षण भएको थियो । बायोप्सी, डीओटीए एनओसी परीक्षण, पीईटी सीटी स्क्यानसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए ।

शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो । चिकित्सकको सल्लाहअनुसार अध्यक्ष भट्टराईले सरकारी वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार