पूर्वरानीको स्वास्थ्यअवस्था गम्भीर, अक्सिजनको लेभल थप कमजोर

पूर्वराजाको अवस्था भने सामान्य

कोरोनाभाइरसको संक्रमण भएर वैशाख ७ गतेदेखी उपचार गराईरहेकी पूर्वरानी कोमल शाहको स्वास्थ्य थप गम्भीर बन्दै गएको छ । राजधानीको नर्भिक अस्पतालमा आइसियूमा उपचाररत शाहको स्वास्थ्य गम्भीर देखिएपछि चिकित्सकले थप अक्सिजन दिएका छन ।
कोरोना वार्डमा भर्ना भएकी उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको छ।

पूर्वरानी शाहको उपचारमा संलग्न चिकित्सकका अनुसार शाहको स्वास्थ्य बिग्रिदै गएकाले आज विहानदेखि थप अक्सिजन दिईएको छ ।

सामान्यतय अस्तिसम्म प्रतिमिनेट २(३ लिटर अक्सिजन दिईएकोमा स्वास्थ्य थप गम्भीर बनेपछि यसलाई बढाएर १० लिटरसम्म दिनुपरेको छ ।
भारतको कुम्भ मेलामा सहभागी भएर फर्केका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीसहित परिवारमा बैशाख ७ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनिहरुको स्वास्थ्य जटिल बन्दै गएपछि बैशाख ११ गते थप उपचारका लागि पूर्वराजा दम्पती अस्पताल भर्ना भएका हुन । अहिले पूर्वराजा शाहको स्वास्थ्य भने सामान्य रहेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराएका छन । उनिहरुसँगै छोरी प्रेरणा शाहलाई पनि संक्रमण देखिएपछि अस्पताल भर्ना भएर उपचार भईरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार