स्वास्थ्यका हिसाबले कुन आसनमा सुत्दा ठिक ?

प्रयाप्त निन्द्रा नपुग्दा शरीरमा देखिने समस्या सबैलाई थाहा छ । कसरी सुत्छौं, कुन आसनमा सुत्छौं अथवा कुन बेला सुत्छौं भन्ने कुरा मानव स्वास्थ्यसँग महत्वपूर्ण रहेको छ ।
प्रत्येक मानिसको सुत्ने शैली फरक हुन्छ ।

कोही कोल्टो परेर सुत्छन त कोही उत्तानो, कोही घोप्टो परेर निदाउँछन् । कोही राति चाँडै सुत्छन,कोही रातभर सामाजिक सञ्जालमा गफिएर बिहानपख मात्रै चिर निन्द्रामा पुग्छन् ।

स्वस्थ्य जीवनका लागि खानपान र व्यायाम जति आवश्यक छ, उत्तिनै निन्द्रा पनि । भनिन्छ, स्वास्थ्य जीवनका लागि दैनिक ७ वा ८ घण्टा मस्त निदाउनुपर्छ । बच्चाहरुले भने उमेर अनुसार यो भन्दा बढी समय निदाउनु पर्छ । वयस्कले कम्तीमा ८ घण्टा निदाउनै पर्छ ।

सुत्ने ओछ्यान, वातावरण, पोजिसन आदिले पनि हाम्रो निन्द्रालाई प्रभावित तुल्याउन सक्छ । राम्रो निन्द्राका लागि सुत्नुअघि हल्का व्यायाम, प्राणायाम लाभदायक हुने बताइन्छ । गहिरो सास लिने र छाड्ने प्रक्रियाले निकै फाइदा पुग्ने चिकित्सकहरुको भनाइ छ ।

कसरी सुत्ने र?
वास्तु विज्ञान अनुसार पूर्व वा उत्तर दिशातर्फ शिर राखेर सुत्नु राम्रो माानिन्छ । सुताईको पोजिसन र पृथ्वीको चुम्बकिय प्रभावले पनि मानव स्वास्थ्यलाइ असर गर्छ भन्ने विश्वास गरिन्छ । सुत्दा धेरैको बानी अग्लो सिरानी राखेर सुत्ने हुन्छ । तर यसरी सुत्नु स्वास्थ्यको लागि राम्रो मानिँदैन । सुत्दा धेरै अग्लो सिरानी राख्न हुँदैन ।

कस्तो पोजिसन उचित र?
बायाँतर्फ ढल्किएर सुत्नु स्वास्थ्यका लागि राम्रो हो । हुन त रातभर एउटै पोजिसनमा सुत्ने मानिस एकदमै विरलै पाइन्छ । यद्यपी सुत्नका लागि जब ओछ्यानमा पल्टन्छौ, तब बायाँतर्फ ढल्किएर सुत्नुपर्छ ।

यसरी सुत्दा पेट र अन्नाशयमा भोजन पचाउन सजिलो हुन्छ भन्ने कुरा प्राकृतिक चिकित्सकहरुको मत छ । यो पोजिसनमा सुत्दा अन्नाशयले खाना पचाउनका लागि इन्जाइम ठीक ढंगले निकाल्छ । त्यसले राती खाएको खाना पचाउँछ । जसलाई अपचको समस्या छ, पेटमा गडबडी छ, उनीहरुले बायाँतर्फ ढल्किएर सुत्नुपर्छ भन्ने मान्यता रहेको छ ।
बायाँतर्फ ढल्किएर सुत्दा छोटो र लामो आन्द्रालाई पनि आरम मिल्छ ।

यसले कब्जियतको समस्या भएकाहरुलाई फाइदा पुग्छ । बिहान दिसा गरेपछि पेट सफा हुन्छ । बायाँतर्फ ढल्किएर सुत्दा शरीरमा जम्मा भएको टक्सिन एवं बिकार बिस्तारै बाहिर निस्कन्छ । बायाँतर्फ ढल्किदा कलेजो र पाचन प्रणालीमा असर पुग्दैन, भोजन राम्ररी पच्छ । जब खानेकुरा राम्ररी पच्छ, धेरै रोग लाग्न पाउँदैन ।

वायाँतर्फ ढल्किएर सुत्दा मुटुमा दबाव पर्दैन । किनभने यतिबेला मुटुबाट रगतको आपूर्ति धेरै मात्रामा भइरहेको हुन्छ । जब मुटु स्वस्थ्य हुन्छ, रगत र अक्सिनको आपूर्ति सजिलै हुन्छ । यसले शरीर स्वस्थ्य रहन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार