भ्रातृ संस्थामा समानान्तर समिति बनाउने शेखर पक्षको चेतावनी

नेपाली कांग्रेसमा डा शेखर कोइराला पक्षले सभापतिले एकलौटी निर्णय गर्दै गए भ्रातृ संस्थामा समानान्तर समिति बनाउने चेतावनी दिएको छ । नेता कोइरालाले नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संगठनका केही पूर्वनेतासहित सीमित केन्द्रीय सदस्यहरुलाई छलफलका लागि बोलाएका थिए । नेता शेखरको सम्पर्क कार्यालय बालुवाटारमा भएको बैठकमा नेताहरुले सभापति शेरबहादुर देउवाले एकतर्फी गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

देउवाले बुधबार मात्र नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेका थिए । त्यसको भोलिपल्ट बसेको शेखर समूहको बैठकले सभापति देउवाले १४ औं महाधिवेशनमा मत नदिनेलाई बाइपास गर्न खोजेको निष्कर्ष निकालेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार