पहिलो हाफमा नेपाल र थाइल्याण्डको खेल गोलरहित बराबरी

अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली राष्ट्रिय फुटबल टोलीले अहिले थाइल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ।​ चोनबरीमा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले थाइल्याण्डसँग गोलरहित बराबरी खेलेको छ ।

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेलेको हो । आजको खेलमा बलियो टोली थाइल्याण्डलाई हराउने योजनामा नेपाल छ । फिफाको वरीयता सुधारका लागि पनि नेपाललाई आजको खेल महत्त्वपूर्ण छ ।

एसियन कप छनोटमा नेपाल समूह ुएु मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार