रुस अन्तर्राष्ट्रिय समुदायमा एक्लो हुँदै

काठमाडौं । रुसले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्‌मा प्रस्तुत गरेको युक्रेनसम्बन्धी प्रस्ताव विफल भएको छ।त्यसलाई केवल रुस र चीनले मात्र समर्थन गरेका थिए। बाँकी सबै १३ सदस्य मुलुक मतदानमा सहभागी भएनन्। उक्त मस्यौदा प्रस्तावले युक्रेनमा सहायता सामग्रीको ढुवानी तथा गैरसैनिकको रक्षाको आह्वान गरिएको थियो।

तर त्यसमा युक्रेन सङ्कटमा रुसको जिम्मेदारी उल्लेख थिएन। युक्रेनले आफ्नै तर्फबाट मानवीय सहायताको प्रस्ताव यसै साता महासभामा प्रस्तुत गर्दैछ। महासभामा रुसको भिटो लाग्दैन। बीबीसीका एकजना संवाददाता भन्छन्, रुसलाई अन्तर्राष्ट्रिय समुदायले एक्ल्याइदिएको नकार्न अब झन् कठिन हुनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार