भाउजुको हत्या गरेको आरोपमा देवर पक्राउ

काठमाडौं । प्रहरीले भाउजुको हत्या गरेको आरोपमा देवरलाई पक्राउ गरेको छ ।४० वर्षीया भाउजु रमकुम्री देवीको हत्या गरेको आरोपमा फतुवा विजयपुर नगरपालिका २ शितलपुर बस्ने ३५ वर्षीय बिन्दा महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पुरानो रिसिवीको कारण चैत ४ गते राती बिन्दाले बाँसको लाठीले हिर्काउदा गम्भीर घाइते भएकी उनको ट्रोसिटी अस्पताल वीरगञ्जमा उपचारको क्रममा बिहीबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय सन्तपुरले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार