एमाले सांसद झाले दिइन् प्रभु साहविरुद्ध उजुरी

काठमाडौं । नेकपा एमालेकी केन्द्रीय सदस्य एवं सांसद रेखाकुमारी झाले स्थायी कमिटी सदस्य प्रभु साहविरूद्ध पार्टीमा उजुरी दिएकी छन्।बिहीबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा झाले आफ्नो गृह जिल्ला रौतहटमा साहले मनोमानी गरेको आरोपसहित उजुरी दिएकी हुन्।

रौतहटमा जिल्ला अधिवेशनताका हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको झाको आरोप छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार