चिनियाँ विदेशमन्त्री वाङ यी अफगानिस्तानमा

चीनका विदेश मन्त्री वाङ यी बिहीबार काबुल पुगेका छन् । “चिनियाँ विदेशमन्त्रीले इस्लामिक इमिरेट्सका नेताहरूसँग वार्ता गर्न काबुल आइपुग्नु भएको छ,” तालिबान सरकारका शीर्ष अधिकारी अहमद यासिरले ट्वीटरमा  उल्लेख गरेका छन् ।

गत अगस्टमा तालिबानहरूले काबुलको सत्ता कब्जा गरेपछि पहिलो पटक चिनियाँ विदेश मन्त्री काबुल गएका हुन्।

विदेशमन्त्री वाङ आजै भारतको राजधानी नयाँदिल्ली आइपुग्ने र तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार साँझ  काठमाडौं आइपुग्नेछन्। -एएफपी

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार