चिनियाँ विदेशमन्त्री गरे भारत भ्रमण रद्द

चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले भारत भ्रमण रद्द गरेका छन् । उनले भारत भ्रमण रद्द गरेर अफगानिस्तानको काबुल पुगेका हुन् । विदेशमन्त्री वाङ पाकिस्तानको इस्लामावादबाट अफगानिस्तान प्रस्थान गरेका छन् ।

वाङ यी शुक्रबार काबुलबाट नेपाल आउँदैछन् । पछिल्लो समय जम्मु कश्मिरका बारेमा चीनले गरेको टिप्पणीप्रति भारतले कडा प्रतिक्रिया दिएपछि वाङ भारत भ्रमणमा जान अनिच्छुक भएका हुन् ।

भारतले जम्मु कश्मिरसँग जोडिएको मुद्दा भारतको आन्तरिक मामिला भएको भन्दै यस बारेमा नबोल्न चीनसहितका देशलाई चेतावनी दिएको थियो ।

परराष्ट्रमन्त्री डा.नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । वाङले विदेशमन्त्रीको रुपमा यसअघि दुई पटक नेपालको भ्रमण गरिसकेका छन् ।

वाङले चिनियाँ विदेशमन्त्रीको रुपमा पहिलो पटक सन् २०१४ को डिसेम्बरमा नेपालको भ्रमण गरेका थिए । त्यसतै वाङले दोस्रो पटक सन् २०१९ सेप्टेम्बर दोस्रो साता नेपालको भ्रमण गरेका थिए । यसपटक उनले तीन दिन नेपालमा बिताउने छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार