यातायात कार्यालयहरुले आजदेखि नियमित सेवा दिने

काठमाडौं । यातायात कार्यालयहरूले आजदेखि नियमित सेवा दिने भएका छन्। सर्भरमा समस्या देखिएपछि बुधबार कार्यालयको सेवा बन्द रहने सूचना जारी भएको थियो।

तर बुधबार नै निकालिएको दोस्रो सूचनामा विभागले आजदेखि नियमित सेवा दिइने बताएको छ। सर्भरमा विद्युत् प्रणाली परिवर्तन गर्न बुधबार अपरान्ह ५ बजेदेखि बिहीबार बिहान ५ बजेसम्म मात्रै समय लिइएको विभागले जनाएको छ।विभागले अनिश्चितकालका लागि यातायातका सेवा बन्द नरहेको बताएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार