पत्रकार सम्मेलन गर्दै कुलमान घिसिङ

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्दै छन् ।  भारतबाट बिजुली किन्नका लागि नेपालले प्रतिस्पर्धा गर्न नसक्दा मंगलबार रातिदेखि उद्योगहरूमा अघोषित लोडसेडिङ सुरु भएको छ। त्यसबारे जानकारी दिन आज दिउँसो दिउँसो १ बजे विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कमा पत्रकार सम्मेलन गर्न लागिएको उनले बताए ।

रुस–युक्रेन युद्धका कारण महँगिएको भारतीय ऊर्जा बजारबाट बोलकबोलमार्फत बिजुली किन्न नसकेपछि नेपाल विद्युत् प्राधिकरणले औद्योगिक ग्राहकतर्फको आपूर्ति कटौती गरेको हो । बुधबार भारतबाट करिब १ घण्टा मात्रै बिजुली आएकोमा आज पनि उद्योगलाई ३ घण्टा मात्रै विद्युत आपूर्ति हुने प्राधिकरणले जनाएको छ ।

वर्षायाममा नेपालभित्रै उत्पादित बिजुली खेर जाने भए पनि सुक्खायाममा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था छ ।  यसबारे थप जानकारी दिन आज पत्रकार सम्मेलन गर्न लागिएको घिसिङको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार