त्रिभुवन विमानस्थलः प्रतीक्षालयमा शुल्क तिर्नुपर्ने नियमको चर्को विरोध

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको प्रतीक्षालयमा बस्दा मानिसहरूले शुल्क तिर्नुपर्ने पछिल्लो नियमको चर्को आलोचना भइरहेको छ।

सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले पनि पछिल्लो कदमको तीव्र विरोध गरिरहेका छन्। केही भागको व्यवस्थापनको जिम्मा पाएको आईएमएस एअरपोर्ट सर्भिसेजले करिब तीन महिनादेखि शुल्क लिइरहेको विमानस्थलका कर्मचारीले स्वीकारेका छन्। उक्त कम्पनीले अन्तर्राष्ट्रिय विमानस्थलको आगमन हल, बहुतले पार्किङ तथा व्यापारिक भवन सबलीज अर्थात् ठेक्कामा पाएको हो।

यात्रीहरूलाई एकदमै सहज र सुलभ सुविधा प्रदान गर्नु आफ्नो उद्देश्य रहेको उक्त निर्माण कम्पनीको वेबसाइटमा उल्लेख छ। विमानस्थल सञ्चालन विभागका निर्देशक तथा प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कम्पनीले ३० वर्षका लागि उक्त भाग भाडामा पाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार