चोभारमा मोटरसाइकललाई गाडीले ठक्कर दिँदा दुईजनाको मृत्यु

काठमाडौंको चोभारमा मोटरसाइकललाई टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । महानगरीय प्रहरी परिसर, टेकुका अनुसार ना १ ज ६३५४ नम्बरको टाटा सुमोले विपरित दिशाबाट आइरहेको  बा ९२ प २३१ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा समिर गिरी र अर्का एकजना नाम थर नखुलेका व्यक्ति छन् । मोटरसाइकल चोभारबाट बल्खुतर्फ आउँदै थियो । दुर्घटनालगत्तै प्रहरीले उद्दार गरेर दुई गम्भीर घाइतेलाई बयोधा अस्पताल पुर्‍याएको थियो ।

तर चिकित्सकहरुले दुवैलाई मृत घोषित गरेका थिए । ठक्कर दिएपछि मोटरसाइकल भीरबाट खसेको थियो । भीरमा खसेको मोटरसाइकल प्रहरीले निकालिसकेको छ । प्रहरीले टाटा सुमो चालक सिमरा उपमहानगरपालिका-६ का सन्जय खानलाई नियन्त्रणमा लिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार