आगामी निर्वाचन जनादेश र परमादेशबीचको लडाइँ हाे,सामान्य र सहज हुँदैन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन जनादेश र परमादेशबीचकाे लडाँइ भएकाे टिप्पणी गरेका छन् ।

बुधबार पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले अबको निर्वाचन राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा प्रतिस्पर्धा हुने बताएका हुन् ।

‘यो निर्वाचन सामान्य, नियमित र सहज अवस्थामा हुँदै छैन, यो त जनादेश र परमादेशबीचको जनमत संग्रहका रुपमा हुँदैछ , राष्ट्रिय स्वाभिमानका पक्षधर र बाह्य शक्तिहरुका लागि कम्फर्टेबलहरुका बीचमा हुँदैछ । राजनीतिक स्थायित्वका पक्षधर र अस्थिरताका संवाहकहरुबीच हुँदैछ’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार