एकदिवसीय वरीयतामा सन्दीपको पाँच स्थान सुधार

काठमाडौं । आईसीसीले खेलाडीको नयाँ वरीयता सार्वजनिक गरेको छ । जसअनुसार नेपालका कप्तान सन्दीप लामिछानेले पाँच स्थान फड्को मारेका छन्। सन्दीप वरीयताको ६१ औं स्थानमा छन्। यसअघि सन्दीप ६६ स्थानमा थिए।बलरको वरीयताको सय जनाभित्र नेपालका अन्य बलर समावेश छैनन्।

बलरको वरीयताको शीर्ष स्थानमा न्युजिल्यान्डका ट्रेन्ट बोल्ट छन्। दोस्रो स्थानमा अस्ट्रेलियाका जोश हजलउड र तेस्रो स्थानमा इंग्ल्यान्डका क्रिस ओएक्स छन्।

यता एकदिवसीय ब्याट्सम्यानको वरीयतामा सय जनामा नेपाली ब्याट्सम्यान परेका छैनन्।ब्याट्सम्यानको वरीयताको शीर्ष स्थानमा पाकिस्तानका बाबर अजाम छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार