सेयर बजार दोहोरो अंकले घट्यो

काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २० दशमलव ३४ अंकले घटेर २ हजार ६ सय ३० दशमलव ३६ अंकमा झरेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव २२ अंकले घटेर ४९५ दशमलव ११ अंकमा झरेको छ । नेप्से परिसूचक घटेसँगै कारोबार रकम पनि सुस्ताएको छ । कारोबार रकम लामो समय पछि २ अर्बमै सीमित भएको छ । २९ हजार ६७६ कारोबारबाट २२६ धितोपत्रका ३९ लाख ८५ हजार ५७४ कारोबारबाट २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमा रोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार