स्थानीय तह चुनाव केन्द्रित प्रचारका लागि एमालेले मोबाइल एप ल्याउने

काठमाडौं । नेकपा एमालेले स्थानीय चुनावलाई लक्षित गरी मोबाइल एप ल्याउने तयारी गरेको छ । चुनाव प्रचारलाई प्रविधियुक्त बनाउनका लागि एमालेले मोबाइल एप प्रयोग गर्ने तयारी गरेको हो ।एमालेको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भोलि उक्त एप सार्वजनिक हुने जानकारी दिए ।

‘चुनावी प्रचारलाई प्रविधियुक्त बनाउनका लागि एमालेले सीपिएन यूएमएल ल्याउने छ’, अध्यक्ष ओलीले भने ।

नवौं महाधिवेशनमा ८ लाख ५५ हजार संगठित सदस्य भएको र त्यो संख्या बढेर अहिले ११ लाख पुगेको पनि ओलीले बताए । ‘एमालेप्रति जनआकर्षण बढेको छ, एमाले प्रवेशको लहर देशभर चलेको छ’, उनले भने, ‘प्रचारलाई व्यवस्थित र सबैलाई एमालेको नीतिबारे जानकारी दिन मोबाइल एम प्रभावकारी हुनेछ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार