सुक्खा पहिरोले राप्ती लोकमार्ग अवरुद्ध

काठमाडौं । सुक्खा पहिरोका कारण राप्ती लोकमार्गको सल्यान–दाङ सडकखण्ड अवरूद्ध भएको छ। सडक निर्माणको क्रममा मंगलबार राति सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोला नजिकै झरेको पहिरोले स्काभेटर पुरिएपछि राजमार्ग अवरुद्ध भएको हो।

जोखिमयुक्त ठाउँ भएकाले स्काभेटर निकाल्न र पहिरो हटाउन समस्या भएको प्रहरीको भनाइ छ। रातिदेखि सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन बाटोमा रोकिएका छन्।

सडक निर्माण गर्दैगर्दा सुक्खा पहिरो आएर स्काभेटर पुरिएको छ। पहिरो पन्छाएर सञ्चालनमा ल्याउन बुधवार दिनभर लाग्ने जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी सुमित खड्काले बताए। पुरिएको स्काभेटर निकाल्न दाङबाट अर्को स्काभेटर आउँदै गरेको उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार