एमाले केन्द्रीय कमिटी बैठकमा प्रदेश संयोजकले रिपोर्टिङ गर्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा प्रदेश संयोजकहरुले रिपोर्टिङ गर्ने भएका छन् । बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको बैठकमा प्रदेशमा पार्टीको अवस्थाबारे उनीहरुले रिपोर्टिङ गर्ने भएका हुन् ।

र भूगोलका सातवटा प्रदेश कमिटीका संयोजक र उपत्यका विशेष, विद्यार्थी विशेष, प्रवास र केन्द्रीय विभागका संयोजकले रिपोर्टिङ गर्नेछन् । एमालेले यो बैठकमा ११ वटा एजेण्डा तय गरेको छ । प्रदेश संयोजकहरुले रिपोर्टिङ गरेपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गर्ने, विभिन्न विभागहरु गठन गर्ने, स्थानीय तहको निर्वाचनको मापदण्ड र सिफारिस प्रक्रियालगायतका विषयमा छलफल हुने एमाले नेताहरुले बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार