जिल्ला अदालत कास्कीमा तोडफोड, महत्त्वपूर्ण प्रमाण चोरिएको आशंका

जिल्ला अदालत कास्कीमा तोडफोड भएको छ । अदालतको एक नम्बर र छ नम्बर इजलास कक्षमा मंगलबार राति तोडफोड भएको हो ।एक नम्बर इजलासमा प्रमुख न्यायाधीश श्रीकृष्ण भट्टराई र छ नम्बर इजलासमा देवप्रकाश योगीले मुद्दा हेर्दै आएका थिए ।

एक नम्बर इजलास कक्षको ढोका मात्रै फोरिए पनि छ नम्बर इजलास कक्षमा भित्र रहेको दराज पनि फुटाइएको छ । दराजमा रहेका महत्त्वपूर्ण प्रमाण र मिसिलहरू चोरी भएको आशंका गरिएको छ । अहिले प्रहरीले घटनास्थलमा मुचुल्का उठाइरहेको छ ।बुधबार बिहान सरसफाइ गर्न आएकी कर्मचारीले इजलास कक्षका ढोका फुटेको देखेपछि माथिल्लो तहका कर्मचारीलाई खबर गरेकी थिइन् । चौबीसै घण्टा अदालतको मुख्य प्रवेशद्वारमा प्रहरी सुरक्षा हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार