भक्तपुरमा शव वाहनसँग ठोक्किँदा मोटरसाइकलमा आगलागी

भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएका छन् । ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको छ । सिन्धुपाल्चोकबाट शव लिएर आर्यघाट तिर आउँदै गरेको प्रदेश–३–०१–०२३ च २३५६ नम्बरको शववाहन सँग बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा परेर ओखलढुंगा घर भएका ३९ वर्षीय भेषकुमार शर्मा घाइते भएका छन् । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार