पुटिनले २०१८ मा नै भनेका थिए ‘हामीलाई रुसबिनाको चाहिँदैन’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले मस्कोले परमाणुअस्त्र प्रयोग गर्न सक्ने सम्भावनालाई अस्वीकार गर्न नसकिने बताएका छन्। सीएनएन टेलिभिजनलाई दिएको एउटा अन्तर्वार्तामा पेस्कोभलाई रुसले कस्तो अवस्थामा आफ्नो परमाणु क्षमताको प्रयोग गर्छ भनेर सोधिएको थियो। उनले आफ्नो देशमाथि अस्तित्वको खतरा आइपरे त्यसो हुन सक्ने बताएका हुन्। त्यस्तो खतराका आयाम रुसको घरेलु सुरक्षा अवधारणामा समाविष्ट भएको उनले उल्लेख गरे।

‘परमाणुअस्त्र प्रयोगसम्बन्धी लामो समयदेखिको उनीहरूको नीतिबारे यो पुनरभिव्यक्ति हो, कुनै नयाँ कुरा होइन,’ आईसेक पार्ट्नर्स एन्ड एनजीसी सेक्यूरका पूर्वप्रमुख सुरक्षा सल्लाहकार म्याट टेटले ट्वीट गरेका छन्।

यसो त सन् २०१८ को एउटा वृत्तचित्रमा पुटिनले भनेका थिएः ‘कसैले रुसलाई नष्ट गर्ने सोचेमा प्रतिकार गर्ने हामीसँग कानुनी अधिकार छ। हो, त्यो मानवजाति र विश्वका लागि विनाशकारी हुनेछ।’ उनले थपे ‘तर म रुसको नागरिक हुँ र यसको प्रमुख हुँ। हामीलाई रुसबिनाको विश्व किन चाहियो ?’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार