युक्रेनमाथि परमाणु हतियारको प्रयोग गर्ने रुसको चेतवनी

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले मर्ने बाँच्ने कुरामा पश्न उठेको खण्डमा रुसले परमाणु हतियारको प्रयोग गर्ने र यसको प्रयोग देशको सुरक्षाका लागि गरिने बताएका छन् ।मंगलबार सीएनएनलाई दिएको अन्तरवार्तामा पेस्कोवले युक्रेनविरुद्धको युद्धमा परमाणु हतियारको सम्भावित प्रयोगलाई अस्वीकार गरेका थिएनन् ।

अन्तरवार्ताका बेला यी हतियारको प्रयोगसँग जोडिएको प्रश्नमा पेस्कोवले भनेका थिए, ‘देशको सुरक्षाका लागि हाम्रो एउटा अवधारणा छ र यो सार्वजनिक हो । तपाईंले हेर्न सक्नुहुन्छ कि परमाणु हतियारको प्रयोगको कुरा कुन–कुन परिस्थितिमा गरिएको छ । यदि हाम्रो देशको अगाडि मर्ने बाँच्ने प्रश्न पैदा हुन्छ भने हामीले आफ्नो नीति अनुसार परमाणु हतियारको प्रयोग गर्न सक्छौँ ।’

यसअघि युक्रेनमाथि हमलाको केही दिनपछि २८ फेब्रुअरीमा भ्लादिमिर पुटिनले रणनीतिक रुपमा आफूले महत्वपूर्ण हतियार ९जसमा परमाणु हतियार पनि समावेश छ० लाई स्पेशल अलर्टमा राख्न आदेश दिएको बताएका थिए ।

यद्यपि, विज्ञहरुले पेस्कोवको यो बयानलाई देशको आणविक नीतिमा आएको परिवर्तनको रुपमा हेर्न नहुने बताएका छन् । आइएसईसी पार्टनर्स एन्ड एनएसजी सिक्योरका प्रमुख सुरक्षा सल्लाहकार म्याट टेटले ट्वीट गरेर भने, ‘यो कुनै नयाँ कुरा होइन, यो नीति सार्वजनिक रुपमा उपलब्ध छ । परमाणु हतियारबारे कुरा गरेर उनलाई अमेरिकालाई तर्साउन मज्जा आउँछ तर यसको प्रयोगको विषयमा उनीहरुको नीतिमा कुनै परिवर्तन आएको जस्तो लाग्दैन ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार