संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्ने पार्टी काँग्रेस : प्रकाशमान

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संकटमा मुलुकलाई नेतृत्व प्रदान गर्न सक्ने पार्टी काँग्रेस मात्रै भएको बताएका छन् । ठुला राजनीतिक परिवर्तनको नेतृत्व पनि काँग्रेसले नै गरेको र अस्थिरताबाट निकाससँगै जनताले चाहेको विकास काँग्रेसले नै दिएको भन्दै उनले अनावश्यक भ्रमको पछि नलाग्न आग्रह गरे ।

आज काठमाडौँको शंखमुलमा ‘घर घर जाऊ, काँग्रेस जिताऊ’ अभियान अन्तर्गत आयोजना गरेको भेटघाट कार्यक्रममा नेता सिंह देश संकटमा पर्दा काम गर्न नसक्ने, महत्त्वपूर्ण निर्णय लिनुपर्ने बेला ढुलमुले कुरा गर्ने अनि क्रान्तिकारी भाषण दिने भन्दै कम्युनिस्ट दलहरूप्रति आक्रोश पोखे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार