एक साता निषेधाज्ञा, के खुल्छन्, के खुल्दैनन्?

कोरोनाभाइरस (कोेभिड–१९) को संक्रमण तीव्र मात्रामा फैलिएपछि काठमाडौंमा एक साताका लागि निषेधाज्ञा लागू गरिएको छ।१६ वैशाख बिहान ६ बजेदेखि २२ वैशाख राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमाहल, शपिङ मल, सैलुन, जीमखाना, स्विमिङ पुल, संग्रहालय लगायत सञ्चालन गर्न नपाइने भएको छ। विवाह, व्रतबन्धमा भने जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर स्वास्थ्य मापदण्ड पालना गर्ने गरी १५ जनासम्म सहभागी हुन पाइनेछ।

निषेधाज्ञा अवधिमा सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार