चीनमा विमान दुर्घटनाः अहिलेसम्म कोही जीवित फेला परेनन्

चीनमा सोमबार भएको विमान दुर्घटनामा परेको चाइना इस्टर्न एयरलाइन्सको विमानमा सवार १३२ मध्ये अहिलेसम्म कोही पनि जीवित फेला परेका छैनन् ।

चीनले सयौं उद्धारकर्मीलाई दुर्घटनास्थलमा खटाएको छ । वोइङ ७३७ मोडलको विमान गुआङ्सी प्रान्तको पहाडी क्षेत्रमा दुर्घटनामा परेको हो ।

उक्त विमान ३० हजार किलोमिटरको उचाइबाट दुई मिनेटमा नै जमिनमा खसेको बताइएको छ । पछिल्लो एक दशकमा चीनमा भएको यो सबैभन्दा ठूलो विमान दुर्घटना हो ।

अहिलेसम्म विमान के कारणले दुर्घटनामा परेको हो भन्ने खुल्न सकेको छैन । अहिलेसम्म विमानको ब्ल्याक बक्स पनि फेला परेको छैन । ब्ल्याक बक्स भेटिएपछि यो विमान दुर्घटनाको कारण फेला पर्ने अनुमान छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार