सपनामा के देखेमा कस्तो फल ? होशियार ! यस्ता ५ सपना झुक्किएर पनि नसुनाउनुस्

सपनाको आआफ्नै एक अलग संसार हुन्छ । सपना देख्नु सामान्य हो, तर कस्तो सपना देख्दा कस्तो फल मिल्छ भन्ने कुरो चाँही महत्वपुर्ण हो । हरेक दिन हेरक मानिसले फरक फरक सपना देख्ने गर्छन् ।

संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना देख्छन् । हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ । कतिले त बिहान उठ्दा के सपना देखिको त्यो पनि बिर्सन्छन् । सपना भनेको दिनभरीको काम अनि सुत्नुभन्दा अगाडी सोचिएको विषयलाई नै सपनामा देख्ने गरिन्छ भन्ने विश्वास रहिआएको छ ।

त्यही भएर सबै सपना अरुलाई भन्नु हुँदैन भन्छन् ज्योतीष शास्त्रीहरु । सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ । कहिलेकाही नराम्रा सपना देखिन्छन् जसका लगि केही विधि अपनाउनु जरूरी छ । यसो गरेको खण्डमा नराम्रा सपनाको दोष कट्टा हुन्छ ।

एक रातमा प्रथम, द्धितीय, तृतीय र चतुर्थ गरी चार प्रहर हुन्छन् । पहिलो प्रहरमा देखिएको सपना एक वर्षमा फलदायक हुन्छ, अर्को दोश्रो प्रहरमा देखिएको सपना आठ महिनामा, तेश्रो प्रहरको आधा महिनामा र अरु सुर्योदयमा देखेको सपना दश दिनमा फलदायी हुन्छ । सुर्योदय हुने बेलामा वा हुँदाहुँदै देखेको सपनाको फल तत्काल प्राप्त हुन्छ ।

यस्ता केही पाँच वटा सपना जुन तपाईले अन्य व्यक्तिहरुलाई सुनाउनु हुँदैन
१.आफूलाई मृत अवस्थामा देख्नु भएमा
२. हराभरा बगैंचा र रुखमा फल लागेको देखेमा
३. सपनामा सानो माछा देखेमा
४.सपनामा सर्प देखेमा
५. बलिरहेको दियोको साथमा भगवान प्रकट भएको देख्नुभएमा

कस्तो सपना देखेमा शुभ हुन्छ?
१.सपनामा पर्वत, हात्ती, घोडा, गोरु आदिमा सवार गरेर हिडेको देख्नुलाई शुभ मानिन्छ ।
२.वादविवादमा विजय हासिल गरेको देखेमा, काच्चो मासु खाएको देखेमा, रगत वा रगतले नुहाएको देखेमा राम्रो मानिन्छ ।
३.यदि कुनै व्यक्तिले एक्कै रातमा शुभ वा अशुभ दुवै सपना देख्छ त्यसमा शुभ सपना देख्नु चाही पुरा हुने मान्यता रहेको छ ।

सपनामा देख्नु अशुभ मानिन्छ?
१.दाँत झरेको वा भाँच्चिएको देखेमा दुस्ख र झन्झट आईपर्छ ।
२.घना बादल देखेमा विरक्ति उत्पन्न हुन्छ ।
३.भूइँचालो गएको सपना देखेमा सन्तान कष्ट र दुस्ख हुन्छ ।
४.रत्न वा मणि देखेमा दुस्ख बढ्छ, अपव्यय हुन्छ ।
५.सुकेको बगैँचा देखिएमा विपत्तिमा फसिन्छ । सुकेको अन्न खाएको सपना देखेमा कष्ट र व्यर्थमा हैरानी हुन्छ ।
६.सुराही देखेमा आवारा मानिससँग संगत हुन्छ ।
७.सपनामा रोएको देखे असह्य बिमारी वा सन्तान कष्ट हुनसक्छ ।सर्प मरेको देखेमा मृत्युको भय हुन्छ ।
८.माकुरोले टोकेको देखेमा रोगले आक्रमण गर्छ ।
९.बिच्छिले डसेको देखेमा मुत्युकारक हुन्छ ।
१०.सपनामा स्याल देखिनु मृत्यु र दुस्खको कारक हो ।
११.रोगी पशु देखेमा जेठो छोरोलाई कष्ट पर्छ ।
१२.सपनामा काग देखेमा अशुभ हुन्छ । मृत्युको भय हुन्छ ।
१३.सपनामा बिरालो देखिए चोरी हुन्छ, शत्रु बढ्छन् ।

सपनामा के देखेमा कस्तो फल ?
१. आफ्नो खुट्टा देखेमा– समाजमा लोकप्रियता सामप्त हुने ।
२‍. पान, दही, वस्त्र, शंख, मोती, चामेलिको फूल, बृक्ष, बकुल, कुन्द वा कमल देखेमा – धन प्राप्त हुने ।
३. बिभिन्न समस्यामा फसेको देखेमा – जीवन तथा ब्यापारमा कठिनाईको सामना गर्नुपर्ने ।
४. सगोत्री सँग वा मित्रसँग कुत्सित सम्बन्ध स्थापित गरेको देखेमा – ठुलो बिरामी पर्ने ।
५. यात्रा गरेको देखेमा – जीवनमा निराशा वा आफ्नो योजना कार्यान्वयन् गर्नमा असफल हुन्छ ।
६. सुन देखेमा – अनेक कठिनाई हुने रोगब्याध हुने, धन सम्पत्तिको हानी हुने ।
७. चांदी देखेमा – प्रेममार्गमा निराशा पैदा हुने तथा विश्वासघात हुने ।
८. समाचार पत्रमा मृत्युको समाचार पढेको देखेमा– धन हानी हुने ।
९. फलाम देखेमा – परिश्रम गरेर धनवान हुने ।
१०. तामा देखे यात्रा गर्दा दुर्घटना हुने।
११. चर्को चर्को कराइरहेको आवाज सुनेमा – परिवारमा झगडाको झगडा हुने ।
१२. आफु नांगो देखेमा – अपमान हुनु पर्ने, आर्थिक हानी हुने, करावासमा पनि पर्न सक्ने हुन्छ ।
१३. नाकबाट रगत बगेको देखेमा – बिरामी पर्ने संकेत ।
१४. कामबाट वा कार्यालयबाट निकालेको देखेमा – आफ्नो मृत्यु हुने वा सम्पत्ति नष्ट हुने ।
१५. प्याज खाइरहेको देखेमा – लुकेर रहेको सम्पत्ति प्राप्त हुने ।
१६. फूल,फल जल स्वप्नका अन्तमा देखिएमा – सर्व्सिद्धि प्राप्त हुने वा सय वर्ष सम्म जिवित हुन्छ ।
१७. महलमा बसेर भोजन गरेमा वा समुन्द्र तरेमा र दाश कुलमा जन्म लिएमा – राजा होला ।
१८. स्वप्नका अन्तमा गंगा, यमुना, सरस्वती नदी देखेमा – सुख प्राप्ति हुने ।
१९. अन्धकारमा हिंडिरहेको देखेमा – बिभिन्न परिस्थितीहरु बिग्रदै जाने र बिभिन्न कठिनाईहरु उत्पन्न हुने हुन्छ ।
२०. सुर्य चन्द्रमाको मंडल देखेमा – ब्याधि नाश भई लक्ष्मी र यश प्राप्त हुने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार