रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला, दुई साताभित्रै उद्घाटनको तयारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश जारी गरेकी छन् । मंगलबार साँझ संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारी रेल्वे अध्यादेश, २०७८ जारी गरेको शितल निवासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

योसँगै रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ला भएको छ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाका अनुसार अब रेल सञ्चानका लागि कानुनी समस्या हुने छैन । बढीमा दुई साता भित्र रेलको आाधिकारिक रुपमा उद्घाटन गरेर सञ्चालन गरिने उनको भनाइ छ ।
भारत र नेपालका प्रधानमन्त्रीले संयूक्त रुपमा उद्घाटन गरी रेल सेवा व्यवसायिक रुपमा सञ्चालन ल्याउने तयारी छ । त्यसका लागि छिट्टै मिति तय हुने महाप्रबन्धक झाको भनाइ छ । उद्घाटन भर्चुअल्ली हुने जनाइएको छ ।

तयारी बिना २०७७ असोजमा ल्याइएका दुई वटा रेल सेटको गत फागुन १ गतेदेखि यात्रुबिना ‘ड्राई रन’ (परीक्षण) जारी छ । यसअघि दुई पटक जारी भएको अध्यादेशको समय गुज्रिएको थियो । अब भने सबै तयारी पुरा भएकाले सञ्चालनमा समस्या नहुने नेपाल रेलवे कम्पनीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार