सावित्रा भण्डारी बनिन् ‘दशक महिला खेलाडी’

नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत दशककै उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् ।

नेपाली राष्ट्रिय टिममा सन् २०१४ मा डेब्यु गरेका सावित्राले नेपालका लागि सर्वाधिक ३८ गोल गर्ने खेलाडी पनि हुन् । उनले घरेलु महिला फुटबलमा पनि लगातार गोल गरिरहेकी छन् ।

नेपालले हासिल गरेका अन्तर्राष्ट्रिय सफलतामा निर्णायक भूमिका खेल्दै आएकी सावित्राले भारतीय लिगमा पनि प्रभावव जमाइसकेकी छन् । २५ वर्षीय उनले यसअघि सन् २०१९ को स्पोर्ट्स अवार्डमा उत्कृष्ट महिला खेलाडी अवार्ड समेत जितेकी थिइन् ।

पछिल्लो महिला लिगमा घाइते भएका सावित्रा अहिले त्यसबाट मुक्त भएर खेलमा फर्कने प्रयासमा छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार