निर्वाचनबारे जानकारी लिन आयोगलाई ११०२ नम्बरमा फोन गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले कल सेन्टर स्थापना गर्ने भएको छ । आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिने उद्देश्यले आयोगले कल सेन्टरको स्थापना गरेको हो । जसको लागि ११०२ नम्बर खुला गर्ने तयारी गरेको हो । सो नम्बरमा फोन गरेर आगामी चुनावका बारेमा जिज्ञासा तथा प्रश्न सोध्न सकिने छ ।

कल सेन्टरमा ६ वटा डेस्क राखिने र एकैपटक १५ वटा फोन उठाउन सकिने ब्यवस्था गर्न लागिएको छ ।कल सेन्टरको नम्बरमा फोन गरेर मतदाता तथा राजनीतिक दलका नेता/कार्यकर्ताले सूचना जानकारी लिन सक्ने तथा आचार संहिता उल्लंघनका घटनामा उजुरी दिन सक्ने आयोगको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार