खतरा लेखिएको प्रेसर कुकरभित्र गहना भेटिएपछि…

काठमाडौं । कैलाली खतारा लेखेर राखिएको कुकरमा गहना भेटिएका छन् । आज (मंगलबार) बिहान गोदावरी नगरपालिकाको बनखेतको सडकमा खतरा लेखिएको प्रेसर कुकर भेटिएको थियो ।

शंकास्पद वस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सुचना पाएलगत्तै प्रहरीको टोली घटना स्थल गएको थियो । प्रहरीले सेनासँग बम डिस्पोजल टोली मगायो। प्रेसर कुकर राखिएको ठाउँमा बम डिस्पोजल टोलीसहित सेना पुग्यो।

डिस्पोजल टोलीले उक्त कुकर डिस्पोज गर्दा त्यसभित्र सुनका गरगहना फेला परेको प्रहरीले बताएको छ ।गहनासँगै फेला परेको कागजमा बनखेतका नवीन साहुलाई घमण्ड नगर्न र सबैसँग मिलेर बस्न सुझाव दिइएको प्रहरीले जनाएको छ।

नवीन साहुले गत मंसिर १४ गते राति घरबाट सुनका गरगहना चोरी भएको भन्दै प्रहरीमा निवेदन दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार