समुद्री आँधीको प्रभाव नेपालमा, हावाहुरी र असिनासहित वर्षा हुन सक्ने

काठमाडौं । भारतमा देखिएको समुद्री आँधीको प्रभावमा नेपालमा पनि पर्ने भएको छ ।भारतमा समुद्री आँदी सुरु भएको छ । जसको प्रभाव पूर्वी नेपालमा धेरै देखिने मौसमविदहरुले बताएका छन् । जसको कारणले गर्दा आज राति पूर्वी भागमा हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको छ ।

मौसमविदहरुका अनुसार ६० देखि ७० किलोमिटर प्रतिघण्टाकोे वेगमा चलिरहेको हावाले बङ्गालको खाडी र म्यानमारमा पानी पारिरहेको छ । हावाको बेग दुई, तीन दिन अझै बढ्ने देखिएको छ ।

नेपालमा प्रि–मनसुन सुरु भएपछि असर पार्न सक्ने यो पहिलो समुद्री आँधी हो । आँधीको असर कति दिनसम्म जान्छ भन्नेबारेमा भोलि बुधवारसम्म निर्धारण हुने तर अहिलेसम्मको गति अध्ययन गर्दा दुई, तीन दिनसम्म प्रभाव पार्न सक्ने अनुमान गरिएको छ । सामान्य हावाहुरी र असिना पानी परे पनि अरू ठूलो असर नदेखिएको बताइएको छ । सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भए पनि जलवायु परिवर्तनको असर हुन सक्ने मौसमविदहरुको आँकलन छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार