माओवादीले हार्दा देश हार्छ, अरु पार्टीले हार्दा देश जित्छ -अध्यक्ष प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा राजनीतिक परिवर्तन आउनु अघि काठमाडौंका शासकले मधेसका जनतालाई दोस्रो दर्जाका नागरिकको रुपमा हेर्ने गरेको बताएका छन् । मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट त्यस्ता विभेदको रेखा कोर्ने राजा–महाराजालाई परास्त गरिएको उनले बताए ।

उनले आउने स्थानीय तहको निर्वाचनमा भाँडभैलो गर्ने कोसिस गर्नेलाई नछोड्न मधेशी कार्यकर्तालाई निर्देशन समेत दिइएका छन् । ‘म मधेशका तमाम युवालाई अपिल गर्छु। तपाईंहरु भाँडभैलो गर्न खोज्नेलाई इँटको जवाफ पत्थरले दिनुस,’ प्रचण्डले भने।

उनले वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन अरुको लागि चुनावमात्रै भए पनि माओवादीका लागि भने जीवनमरणको विषय भएको बताए। निर्वाचनमा गठबन्धन हुने आशामा कार्यकर्तालाई ‘रिल्याकस’ गरेर नबस्न निर्देशन दिए।

‘आफ्नो खुट्टा बलियो बनाउनुस्। हामी हार्‍दा देश हार्छ। अरु हार्‍दा देश जित्छ,’ प्रचण्डले भने।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा दुईपटक मधेशी जनताको भावना अनुसार संशोधन प्रस्ताव दर्ता गरेको बताए। तर, एमालेले त्यसलाई असफल परेको उनको दाबी थियो।

‘तथाकथित कम्युनिस्ट भन्ने गैरकम्युनिष्टले नै मधेशी जनताको अधिकारमाथि खेलवाड गरेको छ। नागरिकता विधेयक पनि एमालेको कारण रोकिएको छ। हामीले जनतामा गएर यो भनिदिनु पर्छ। डेढ दुई महिनामा मधेशलाई क्रान्तिकारीमय

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार