अघि बढ्यो एमसिसी, अधिग्रहण गरेको जग्गा ३५ दिनभित्र खाली गर्ने निर्देशन

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज एकाण्ट (एमसीसी)को नेपालमा कार्यन्वयन प्रक्रिया अगाडी बढेको छ । एमसिसी परियोजना अन्तर्गत सबस्टेशन बनाउन नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा खाली गर्नुपर्ने भएको छ। आज सूचना निकालेर एमसिए नेपालले अधिग्रहण गरिएका जग्गामा सबस्टेशन निर्माणका लागि तारबार गर्ने कार्य अगाडि बढाउन लागिएको जनाएको छ।

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले अधिग्रहण गरिसकिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको छ।

‘अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रमअनुसार सब(स्टेशन निर्माण गर्न तारबार गर्ने कार्यलाई अघि बढाउन मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकम बुझिसकेका महानुभावले अधिग्रहण गरिएका घरजग्गाहरू ३५ दिनभित्र खाली गर्नुपर्नेछ,’ सूचनामा भनिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार