देउवा र प्रचण्डबीच भेटवार्ता, सशस्त्र द्वन्द्वका घाइतेहरूको विषयमा छलफल

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले जनयद्धका घाइते र अपांगता भएका व्यक्तिका सन्दर्भमा पाँचबुँदे ध्यानाकर्षण गराएका छन् ।

उने सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरूको अपांगता प्रतिशत निर्धारण तथा पुनरवलोकन कार्यविधि–२०७४ लाई संशोधन गर्न आग्रह गरेका हुन् ।

प्रचण्डको सचिवालयका अनुसार सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिका लगत संकलन कार्यदलमा सूचीकृत हुन छुटेका घाइते तथा अपांगता भएका व्यक्तिहरूलाई सूचीकृत गर्ने विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको छ ।

सशस्त्र द्वन्द्वमा घाइते भई अपांगता भएका व्यक्तिहरूलाई सुविधासहित गणतान्त्रिक सेनानीको परिचयपत्र र सम्मानपत्र वितरण, ‘जनयुद्ध’, जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनलगायत आन्दोलनमा सहिद भएकाहरूको परिवारलाई मासिक जीवन निर्वाह भत्ता उपलब्ध गराउने पूरक बजेटको व्यवस्थालाई कार्यविधि बनाई यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार