गठबन्धनका दलहरू चुनाव केन्द्रित छलफलमा व्यस्त, माओवादीले भरतपुरमा दाबी गर्ने

एसलाई काठमाडौं या पोखरा मध्ये एक दिनुपर्ने

काठमाडौं । स्थानीय चुनावको मिति नजिकिएसँग राजनीतिक दलहरु चुनाव केन्द्रित हुन थालेका छन् । दलका नेताहरु गाउँटोल प्रवेश गरेका छन् । केन्द्रको राजनीतिमा पनि तातिएको छ । दैनिक जसो चुनाव केन्द्रित छलफल हुन थालेका छन् ।

आगामी स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने बर्तमान सत्ता गठबन्धनका दलको तयारी छ । जस अनुसार उनीहरुले छलफल समेत अगाडी बढाएका छन् ।

महानगरपालिकामा केन्द्रबाटै गठबन्धनको निर्णय गर्ने, बाँकी पालिकामा आवश्यकताअनुसार गर्न छुट दिने विषयमा समेत सत्ता गठबन्धनमा छलफल भएको छ ।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुबीचको अनौपचारिक छलफलमा यस्तो विषयमा उठेको बताइएको छ । गठबनधनका दलहरुले विभिन्न स्थानमा आफ्नो दाबी समेत प्रस्तुत गर्न थालेका छन् ।छलफलमा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयरमा दाबी गरेको छ । माओवादीले भरतपुरको मेयरबाट पछि नहट्ने संकेत समेत गरेको छ । यता माधव कुमार नेपालको एकीकृत समाजवादीले काठमाडौं या पोखरा महानगरपालिकाको मेयरमा दाबी गरेको स्रोत बताएको छ ।

यता गठबन्धनमा जाने कि नजाने भन्ने विषयमा कांग्रेसभित्र विवाद छ भने माओवादी केन्द्रले कांग्रेसले गठबन्धन गर्न नमाने एमालेसँग मिल्न सकिने संकेत पनि गरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार