एमाले उपाध्यक्ष पौडेल नेतृत्वकाे टाेली चीन भ्रमणमा

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ ।

चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी नेतृत्वको टोली चीनतर्फ लागेका हुन् । पौडेलसहित स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, लेखा आयोगका अध्यक्ष पुष्पराज कंडेल र केन्द्रीय सदस्य मीना रखाल चीन प्रस्थान गरेका हुन् ।

एमाले प्रतिनिधिमण्डल टोली हिमालय एयरलाइन्सको कार्गो फ्लाइटमार्फत सोमबार बिहान एक साताका लागि चीनतर्फ प्रस्थान गरेको एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनीहरू यही चैत १४ गते मात्रै नेपाल फर्किनेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार