शिर फूल शिरैमा, बन फूल बनैमा….

काडमाडौं । वसन्त ऋतुको आगमनसँगै फूल फूल्छन्। यो समयलाई फूल फुल्ने समयमा रूपमा पनि लिइन्छ। उपत्यकाका विभिन्न ठाउँमा थरीथरीका फूल फुलेसँगै त्यसले सहरको शोभा पनि बढाएको छ। सडक आसपास, बगैँचा र पार्कहरूमा फूल फुलिरहेका छन्। मनै लोभ्याउने गरी फूल फुलेपछि सहरमा बस्नेहरू तिनै फूल हेर्न र फोटो खिच्न पुग्ने गरेका छन्।अचेल फुलेका फूल रातो, सेतो, निलो, गुलाबी रङका छन्। फूलहरुले सडक देखि सामाजिक सञ्जालका भित्ता रंगीएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार